Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंज–९ र १० मा रीमा यादवको घरदैलो, सुर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत प्रतिनिधिसभा सदस्य उम्मेदवार रीमा कुमारी यादवले मंगलबार वीरगंज महानगरपालिकाकाे वडा नं.–९ र १० मा घरदैलो कार्यक्रम सञ्चालन गरेकी छन्।

घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको समस्या, सुझाव र अपेक्षा सुन्दै विकासका ठोस प्रतिबद्धता व्यक्त गरिन्। आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन उनले मतदातासँग आग्रह गरिन्।

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले सडक स्तरोन्नति, ढल निकास, खानेपानी, स्वास्थ्य सेवा, विद्यालयको गुणस्तर सुधार, रोजगारीका अवसर तथा युवाका लागि खेलकुद पूर्वाधार निर्माणजस्ता आधारभूत आवश्यकतामा ध्यानाकर्षण गराएका थिए। त्यसको जवाफमा यादवले ती मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै भनिन्, “जनताको घरदैलोमै पुगेर समस्या बुझ्नु नै हाम्रो पहिलो कर्तव्य हो। तपाईंहरूको विश्वासले जितेपछि विकासलाई व्यवहारमै उतार्नेछौं।”

घरदैलो कार्यक्रमका क्रममा स्थानीयले उम्मेदवार यादव र उनको टोलीलाई फूलमाला तथा खादा लगाएर स्वागत गरेका थिए। धेरै स्थानमा महिलाहरू र युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

घरदैलो कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, नेता मनोज कुशवाहा, अजय गुप्ता, अंगद गुप्ता लगायत स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...