Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

ठोरी–४ मा रमेश रिजालको घरदैलो, स्थानीय समस्यामा प्राथमिकता दिने प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर–४ का नेपाली कांग्रेस उम्मेदवार रमेश रिजालले सोमबार ठोरी गाउँपालिका वडा नम्बर–४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

उम्मेदवार रिजालले वडा नम्बर ४ अन्तर्गत विजयबस्ती, निर्मलबस्ती, मालीटोल र शिकारीबासमा पुगेर स्थानीय मतदातासँग भेटघाट गर्दै प्रत्यक्ष संवाद गरेका थिए। घरदैलोका क्रममा उनले जनताका समस्या, आवश्यकता तथा सुझावहरू सुन्दै विजयी भएपछि ती मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय बासिन्दाले विकास निर्माण, सडक पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवासम्बन्धी समस्या उठाउँदै समाधानका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका थिए। रिजालले आफू विगतदेखि नै जनतासँग नजिक रहेर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको सेवामा समर्पित रहने बताए।

घरदैलोका क्रममा स्थानीयहरूले उम्मेदवार रिजालको भव्य स्वागत गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, जिवन सापकोटा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...