Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

मुख्यमन्त्री यादवद्वारा पर्सा–४ मा रमेश रिजललाई जिताउन आग्रह

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले फागुन २१ गतेकाे निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन स्थानीय मतदातासँग अपिल गरेका छन् ।

पर्सा क्षेत्र नं. ४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापुरमा पुगेका मुख्यमन्त्री यादवले कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै कांग्रेसका उम्मेदवार रमेश रिजललाई जिताउन आग्रह गरेका हुन्।

नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष समेत रहेका मुख्यमन्त्री यादवले यसपालिकाको निर्वाचन मुलुकका लागि महत्वपूर्ण रहेको औंल्याउँदै कांग्रेसको जित आवश्यक रहेको बताए । उनले देशमा संकटको बेलामा कांग्रेसले निकास दिएको स्मरण गराउँदै अहिलेको चुनौतीको समाधानका लागि पनि कांग्रेसको विकल्प नभएको दाबी गरे ।

कांग्रेसका वडा सभापति पासपती गिरीको अध्यक्षतामा भएकाे भेटघाट कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, कांग्रेस पर्साका सह सचिव नविन सिंह, रमेश पाण्डे, बलिष्टर अहमद, किशाेर जयसवाल, वडाध्यक्ष कामेश्वर प्रसाद यादव, पप्पु यादव, रुपेश उपाध्याय, सुरेन्द्र यादव लगायत स्थानिय नेता तथा कार्यकर्ताकाे उल्लेखनीय उपस्थिती रहेको थियो।

यसअघि मुख्यमन्त्री यादवले श्री नेरा प्राबी भलुवहिया, मिर्जापुर छठघाट र ओरिया नदीको टठबन्ध निर्माणका लागि स्थलगत अवलाेकन तथा निरीक्षणसमेत गरेका थिए। अवलाेकनकाे क्रममा मुख्यमन्त्री यादवले टठबन्ध निर्माण र मिर्जापुरमा छठघाट बनाउने प्रतिबद्धता व्यक्त गरेकाे नेपाली कांग्रेस नेता नविन सिंहले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...