Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पर्सा–२ काे बहुदरमाईमा एमालेकाे चुनावी सभा, परिवर्तनका लागि रीमालाई जिताउन झाँक्रीको आग्रह

spot_img
spot_img

वीरगंज । मधेशमा वास्तविक परिवर्तन चाहने हो भने पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रीमा कुमारी यादवलाई विजयी गराउनुपर्ने एमाले नेतृ तथा राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाँक्रीले मतदातालाई आग्रह गर्नुभएको छ।

नेकपा एमाले पर्साद्वारा बहुदरमाई नगरपालिकाको डकैला चौकमा आयोजित चुनावी भेला तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै झाँक्रीले मधेशको विकास र अधिकार सुनिश्चित गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “चार दिवार तोडेर मधेशकी छोरी–बुहारी राजनीतिमा आएकी छिन्। फागुन २१ गते हुने यो चुनाव रीमा यादवको मात्र होइन, तपाईँ सबैको चुनाव हो। आफ्नै छोरी–बुहारीलाई नेतृत्वमा पुर्‍याउन उहाँलाई विजयी गराउनुस्।”

महिलालाई नेतृत्वमा पुर्‍याए मात्र मधेशको आवाज सशक्त रूपमा उठ्ने उल्लेख गर्दै झाँक्रीले युवाले खोजेको उम्मेदवार एमालेले दिएको दाबी गर्नुभयो। “तपाईँहरूको हरेक मुद्दा—पहिचान, अधिकार, विकास र सम्मान—अब काठमाडौँसम्म पुर्‍याउनुपर्छ। त्यसका लागि हामी रीमा यादवसँग हातेमालो गरेर सहयोग गर्नेछौँ। उहाँ एक सक्षम र साहसी सांसद बन्ने उम्मेदवार हुनुहुन्छ,” उहाँले बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका काशी यादव पक्षका एक सयभन्दा बढी नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्।

एमाले प्रदेश सभा क्षेत्रीय इन्चार्ज ध्रुव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका नेता एवं बारा क्षेत्र नं. ४ का उम्मेदवार किशान श्रेष्ठ, केन्द्रिय सदस्य विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष विचारी यादव, नेता मनोज पटेल, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव, एमाले वीरगंज महानगर कमिटी अध्यक्ष लियाकत अली, लेखा समिति संयोजक अजय साह, नेता मुकेश द्विवेदी लगायतको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...