Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पर्सा १ मा ओमप्रकाश सरार्फको घरदैलो, खानेपानी र पूर्वाधार सुधार प्राथमिकतामा

spot_img
spot_img

वीरगंज । जनमत पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। अभियानका क्रममा उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै क्षेत्रका समस्या, चुनौती र सम्भावनाबारे जानकारी लिएका हुन्।

घरदैलोका क्रममा सरार्फले वडा नम्बर–२ मा देखिएको खानेपानीको समस्या प्रमुख सरोकारको विषय भएको बताए। स्थानीयवासीहरूले शुद्ध खानेपानीको अभावबारे गुनासो गरेपछि उनले स्थायी पाइपलाइन विस्तार, पानी ट्यांकी निर्माण र आधुनिक प्रविधिको प्रयोगमार्फत दीर्घकालीन समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, सडक तथा ढल व्यवस्थापन सुधारलाई पनि प्राथमिकतामा राख्ने उनले बताए। वर्षायाममा हिलाम्मे सडक र अव्यवस्थित ढल निकासका कारण स्थानीयले सास्ती खेप्दै आएको भन्दै सरार्फले गुणस्तरीय सडक निर्माण, ढल व्यवस्थापन र नियमित सरसफाइ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे। विकास निर्माणका काममा स्थानीय तह र संघीय सरकारबीच प्रभावकारी समन्वय गरिने उनको भनाइ थियो।

भेटघाटका क्रममा भूमिसम्बन्धी समस्या, सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण रोकथामका विषय पनि उठेका थिए। सरार्फले पारदर्शी प्रशासनिक प्रणालीमार्फत यस्ता विवाद समाधान गर्ने र सार्वजनिक सम्पत्तिको संरक्षणमा कडाइ गरिने बताए।

युवाहरूका लागि रोजगारी सिर्जना, सीपमूलक तालिम र उद्यमशीलता प्रवर्द्धन आफ्नो प्रमुख एजेन्डा रहेको उनले दोहोर्‍याए। स्थानीय स्तरमै उद्योग, साना व्यवसाय र स्वरोजगार कार्यक्रमलाई प्रोत्साहन गरिने उनको प्रतिबद्धता थियो। साथै, स्वास्थ्य चौकी स्तरोन्नति, औषधि आपूर्ति व्यवस्थापन तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा पहल गरिने उनले बताए।

घरदैलो कार्यक्रममा स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता रहेको थियो। सरार्फले आफ्नो अभियान केवल चुनाव केन्द्रित नभई दीर्घकालीन विकास, सुशासन र जवाफदेहितामा आधारित रहेको बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...