Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

पर्सा–१ मा नेकपाका उम्मेदवार सिए अजय चौरसियाको घरदैलो तीव्र

spot_img
spot_img

वीरगंज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सिए अजय चौरसियाले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार चौरसियाले शुक्रबार वीरगञ्ज महानगरपालिका श्रीपुर वडा नम्बर ११ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्।

घरदैलोका क्रममा उम्मेदवार चौरसियाले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै पर्सा मात्र नभई समग्र मुलुकको समुन्नत निर्माणका लागि असल, इमानदार र जिम्मेवार नेतृत्व चयन गर्न आग्रह गरे। उनले नेकपा सुरुदेखि नै जनताका समस्या र मुद्दालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जनहितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

देशमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासन अन्त्यका लागि शिक्षित, जानकार र जवाफदेही नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो। “देश डुब्नुको कारण पैसा होइन, हिसाब नबुझ्ने नेतृत्व हो,” उनले भने, “आम जनताले तिरेको करबाट बनेको प्रत्येक पैसा जनताकै हितका लागि खर्च हुनुपर्छ र त्यसको स्पष्ट हिसाब हुनुपर्छ।”

चौरसियाले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षित, अनुभवी र काम गर्न सक्ने नेतृत्वको आवश्यकता औंल्याउँदै यसअघि निर्वाचित प्रतिनिधिहरूको कामको मूल्याङ्कन गरेर यस पटक क्षेत्रको भविष्य, समृद्धि र विकासलाई केन्द्रमा राखी मतदान गर्नुपर्ने बताए।

कार्यक्रमको अन्त्यमा उनले आगामी निर्वाचनमा नेकपाको ‘तारा’ छापमा मतदान गर्न मतदातासमक्ष अपिल गर्दै पारदर्शी, जवाफदेही र विकासमुखी नेतृत्वका लागि आफूलाई अवसर दिन आग्रह गरे।

घरदैलो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बालगोपाल थापा, शेखचान्द तारा, बाबुराम कौशिक, रामदरश कुशवाहालगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ‘थिंक.केयरकूप’ तालिम सम्पन्न, स्याहार अर्थतन्त्रमा सहकारीको भूमिका सुदृढ गर्ने जोड

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) तथा राष्ट्रिय सहकारी महासंघको सहयोगमा जिल्ला सहकारी संघ, पर्साले सहकारी सदस्यहरूका लागि ‘थिंक.केयरकूप’ : स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय...

वीरगंजको मुख्य सडक विस्तार पुनः सुरु, बाँकी संरचना हटाउने अभियान निरन्तर चल्ने

वीरगंज । वीरगंजको मुख्य सडकअन्तर्गत घण्टाघरदेखि अलखियामठसम्मको सडकखण्डमा बाँकी रहेका संरचना हटाउने कार्य बुधबारदेखि पुनः सुरु गरिएको छ । सडक डिभिजन कार्यालय, हेटौँडाले त्रिभुवन...

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...