Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

छिपहरमाई–३ मा कांग्रेसको घरदैलो, रमेश रिजाललाई विजयी गराउने प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नम्बर ३ झलमहिया, जयमंगलापुर, बुडगायी गाउँमा नेपाली कांग्रेसको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता जनाउँदै कांग्रेसका उम्मेदवार रमेश रिजाललाई अत्यधिक मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयले रिजाललाई आशीर्वाद दिँदै विकास र समृद्धिका एजेन्डामा अघि बढ्न समर्थन रहने बताएका थिए ।

कार्यक्रममा उम्मेदवार रिजालसँगै कांग्रेसका नेता शंकर प्रसाद चौधरी, रमेश पाण्डे, नवीन सिंह, श्रीकान्त प्रसाद यादव, धर्मेन्द्र कुमार पटेल तथा वडा नम्बर ३ का बुथ सभापति कृष्ण सिंहलगायतको उपस्थिति रहेको थियो।

घरदैलोका क्रममा रिजालले जनताका समस्या, गुनासा र सुझाव सुन्दै आगामी दिनमा जनचाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर ४ मा कांग्रेसले प्रचार–प्रसार अभियानलाई थप तीव्र बनाएको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...