Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

वीरगंज–२३ मा जसपा त्याग्दै २५० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने वीरगंज महानगरपालिका वडा नम्बर २३ का जसपाका वडा इकाई कमिटी अध्यक्षसहित २५० भन्दा बढी स्थानीय नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

शुक्रबार बिहान प्रसौनीमा आयोजित पार्टी प्रवेश तथा वडा भेलामा जसपाका वडा इकाई कमिटी अध्यक्ष जमुना यादव, सचिव मनोज कुमार यादव तथा स्थानीय नेता नन्दु किशोर यादव, कालिम अन्सारी, जयराम साह गोढ, जगरनाथ महतो, कृष्णा कुशवाह, रुदल सहनी र श्याम किशोर यादवलगायत नेता–कार्यकर्ताले एमाले रोजेका हुन् ।

कार्यक्रममा नवप्रवेशीहरूलाई पर्सा–१ का एमाले उम्मेदवार प्रदीप यादवले अबीर टीका लगाएर स्वागत गर्दै वडा नम्बर २३ मा एमाले थप सशक्त बनेको दाबी गरे । उनले ‘जेनजी आन्दोलन’ पश्चात देश र संविधानको रक्षा गर्न सक्ने एकमात्र शक्ति एमाले भएको जिकिर गरे। मधेस आन्दोलनबाट प्राप्त संघीयता र समावेशीताजस्ता उपलब्धिको संरक्षण एमालेले नै गर्न सक्ने विश्वासका आधारमा आफूले उम्मेदवारी दिएको पनि उनले बताए।

यादवले पर्सा–१ मा प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूमाथि कटाक्ष गर्दै जनतासँग जोडिएका नेतृत्वको अभाव रहेको टिप्पणी गरे। “कोही बाहिरका जिल्लाबाट आएका होटल व्यवसायी छन्, कोही उद्योगपति। ती उम्मेदवारहरू जनताको दुःख–सुखमा कहिल्यै देखिएनन्, चुनावका बेला मात्र भोट माग्न आउँछन्,” उनले भने।

उनले कोरोना महामारी तथा खानेपानी संकटजस्ता विपत्तिका बेला जनतासँगै खटिएको नेतृत्वको मूल्यांकन गरी फागुन २१ को निर्वाचनमा मतदान गर्न मतदातासँग अपिल गरे।

एमाले वडा कमिटी अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य निर्मला देवकोटा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, वडाध्यक्ष अवध कुशवाहालगायतको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...