Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

पर्सागढी–१ मा रिमा कुमारी यादवको घरदैलो, विकास एजेन्डा सार्वजनिक

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर–२ की नेकपा (एमाले) उम्मेदवार रिमा कुमारी यादवले मंगलबार पर्सागढी नगरपालिका–१ मा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्। चुनावी अभियानलाई तीव्रता दिँदै उनले वडा नम्बर–१ का विभिन्न टोल–बस्तीमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल तथा आशीर्वाद लिएकी हुन्।

घरदैलो कार्यक्रमको सुरुवात स्थानीय धार्मिक आस्थाको केन्द्र कोईलाभार मन्दिरमा पूजा–अर्चना गरेर गरिएको थियो। पूजा पश्चात् उम्मेदवार यादवले स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा र भावी योजनाबारे जानकारी दिएकी थिइन्।

कार्यक्रमका क्रममा स्थानीय मतदाताले ढाका टोपी लगाइदिएर, दुवोको माला तथा खादा ओढाएर उम्मेदवार यादवको स्वागत गरेका थिए। केही स्थानमा महिलाहरूले टीका–अक्षता लगाइदिँदै शुभकामना व्यक्त गरेका थिए। स्थानीयवासीले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीका विषयमा आफ्ना समस्या तथा सुझाव राखेका थिए।

उम्मेदवार यादवले आफू निर्वाचित भएमा पर्सागढी क्षेत्रमा आधारभूत पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, महिला तथा युवाका लागि रोजगारी सिर्जना तथा कृषकलाई सहज बजार व्यवस्था प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन्। जनताको विश्वास पाएमा भ्रष्टाचाररहित, पारदर्शी र जनउत्तरदायी नेतृत्व प्रदान गर्ने उनले बताइन्।

घरदैलो कार्यक्रममा नेकपा (एमाले) का स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला संगठनका प्रतिनिधि, समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। पार्टीका स्थानीय नेताहरूले यादवलाई इमानदार, कर्मठ र विकासप्रेमी उम्मेदवारका रूपमा प्रस्तुत गर्दै विजयी गराउन सबै एकजुट हुन आग्रह गरेका थिए।

पछिल्ला दिनहरूमा क्षेत्र नं. २ काे विभिन्न गाउँ–टोलमा उम्मेदवार यादवको घरदैलो अभियानमा जनताको उत्साहजनक सहभागिता देखिएको पार्टीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...