Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सा–४ काे ठोरीमा एमाले र नेकपा परित्याग गर्दै दुई दर्जनभन्दा बढी कांग्रेसमा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी दुई दर्जन भन्दा बढीले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेकपा एमालेका छविराज साही, मिना देवी थापा, कमल परियार, रामकृष्ण चाैधरी, हरिन्द्र चाैधरी, महेश चाैधरी, प्रमाेद खवास, नेकपाका लक्ष्मण बहादुर राणा, संताेष चाैधरी लगायतका कांग्रेसमा प्रबेश गरेका हुन् ।

कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार रमेश रिजालले नवप्रवेशीहरूलाई टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेश गर्नेहरूले उम्मेदवार रिजालको नेतृत्व र विकासको एजेन्डाप्रति विश्वास व्यक्त गर्दै कांग्रेसमा आबद्ध भएको बताएका छन्। उनीहरूले आगामी निर्वाचनमा रिजाललाई समर्थन गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रिजालले नेपाली कांग्रेसलाई विकासको संवाहक पार्टीका रूपमा चित्रण गर्दै जनताको विश्वास र साथ आवश्यक रहेको बताए। उनले लोकतन्त्र, समृद्धि र विकासका लागि कांग्रेसलाई मत दिन आग्रह गर्दै ठोरी क्षेत्रको समग्र विकासमा आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

यसैबीच उम्मेदवार रिजालले ठोरी गाउँपालिकाको वडा नम्बर १ र २ मा घरदैलो कार्यक्रम पनि सञ्चालन गरेका छन्। घरदैलोका क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना सुनाएका थिए।

कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, नेपाली कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...