Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा–२ बहुअरावामा एमालेको अगुवा कार्यकर्ता भेला, सयभन्दा बढी एमालेमा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. २ काे पर्सागढी नगरपालिका वडा नम्बर–५ बहुअरावामा एमालेकाे अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादवले क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइन् । उनले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा तथा आधुनिक कृषि प्रणालीमार्फत स्थानीय जनताको जीवनस्तर उकास्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका प्रमुख सिंघासन साह तथा पूर्व वडा अध्यक्ष असलम आलम लगायतले सम्बोधन गर्दै संगठन सुदृढीकरण र विकास निर्माणमा एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

वडा कमिटीकाे आयाेजनामा भएकाे कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । आयोजकका अनुसार जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेस लगायत विभिन्न दलबाट ठूलो संख्यामा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...