Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सा–२ बहुअरावामा एमालेको अगुवा कार्यकर्ता भेला, सयभन्दा बढी एमालेमा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. २ काे पर्सागढी नगरपालिका वडा नम्बर–५ बहुअरावामा एमालेकाे अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादवले क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइन् । उनले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा तथा आधुनिक कृषि प्रणालीमार्फत स्थानीय जनताको जीवनस्तर उकास्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका प्रमुख सिंघासन साह तथा पूर्व वडा अध्यक्ष असलम आलम लगायतले सम्बोधन गर्दै संगठन सुदृढीकरण र विकास निर्माणमा एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

वडा कमिटीकाे आयाेजनामा भएकाे कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । आयोजकका अनुसार जनता समाजवादी पार्टी नेपालनेपाली कांग्रेस लगायत विभिन्न दलबाट ठूलो संख्यामा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...