Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

वीरगंज–२० मा प्रदीप यादवको घरदैलो, विकास र सुशासनमा प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । “जनताको विश्वास, सुझाव र समर्थन नै हाम्रो अभियानको मुख्य आधार” भन्ने नारासहित नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले आइतबार पनि घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिएका छन्।

आइतबार बिहान पूर्वमन्त्रीसमेत रहेका यादवले वीरगंज महानगरपालिका वडा नं. २० हरपतगंजमा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्। कार्यक्रमका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या, सुझाव र गुनासाहरू सुने।

उम्मेदवार यादवले आगामी दिनमा विकास निर्माणलाई तीव्रता दिने तथा सुशासन कायम गर्न अझ सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले समावेशी विकास, पारदर्शिता र जनउत्तरदायी ढंगले काम गर्ने अठोट दोहोर्‍याए।

घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरू, स्थानीय अगुवा नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। यादवले वडा नं. २० का मतदाता तथा सर्वसाधारण नागरिकबाट आफूले अपार माया र समर्थन प्राप्त गरेको दाबी गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका...

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...