Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सा–३ मा प्रहल्लाद गिरी र रमेश साह पुनः एमालेमै फर्किए

spot_img
spot_img

वीरगंज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर–३ मा आज आयोजित विशेष पुनर्मिलन कार्यक्रममा पर्सा क्षेत्र नं. ३ (ख) का निर्वतमान प्रदेश सांसद तथा एमालेका पुराना नेता प्रहल्लाद गिरी र युवा नेता रमेश साह पुनः एमालेमा फर्किएका छन्।

आयोजित कार्यक्रममा पुनः पार्टीमा प्रवेश गरेका नेताहरूलाई पर्सा–३ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार रुपेश कुमार पाण्डेय, पूर्व प्रदेश मन्त्री प्रमोद जयसवाल लगायत स्थानीय अगुवा तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए । स्वागतका क्रममा सहभागीहरूले “पुरानो घर एमालेमा फर्किएको” भन्दै खुशी व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै नेताहरूले मुलुकको राष्ट्रियता जोगाउन र राजनीतिक स्थायित्वका लागि एमाले बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए। उनीहरूले आगामी निर्वाचनमा सूर्य छापमा मतदान गर्न मतदातालाई आग्रह गरे।

पुनः एमालेमा फर्किएका प्रहल्लाद गिरीले पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेद्वार रुपेश कुमार पाण्डेयलाई समर्थन जनाउँदै पार्टीको अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पुनर्मिलन कार्यक्रममा पाेखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चाैहान, एमाले पर्साका उपाध्यक्ष मनाेज गुप्ता, क्षेत्रिय अध्यक्ष फरमान मियाँ लगायतकाे उपस्थिती रहेकाे थियाे । यस पुनर्मिलन कार्यक्रमले पर्सा क्षेत्र नम्बर–३ मा एमालेको संगठन थप मजबुत हुने विश्वास पार्टीले लिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...