Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पर्सा–२ अलौमा एमाले उम्मेदवार रिमा यादवको घरदैलो, स्थानीयको उत्साहजनक समर्थन

spot_img
spot_img

वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा शनिबार वीरगंज महानगरपालिका–१७ अलौमा आयोजित घरदैलो कार्यक्रम केवल राजनीतिक अभियान मात्र नभई उम्मेदवार र जनताबीचको आत्मीय मिलनको उत्सव जस्तै बन्यो ।

घरदैलोका क्रममा टोल–टोलमा पुगेकी रिमा कुमारी यादवलाई स्थानीय आमा–दिदीबहिनी र वृद्धवृद्धाहरूले “लक्ष्मीको स्वरूप” भन्दै खुलेर समर्थन जनाए । मतदाताहरूले उनलाई फूलमाला र अबिर मात्र होइन, जितको शुभकामना स्वरूप दही र मिठाई (सगुन) खुवाएर सम्मान पनि प्रकट गरे।

यादवले भाषणमा व्यस्त नेताहरूको विपरीत स्थानीयका समस्या र गुनासो ध्यानपूर्वक सुन्दै भनिन्, “म भाषणमा होइन, काममा विश्वास गर्छु। तपाईँहरूले दिनुभएको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।” उनले महिलाको आवाज सदनसम्म पुर्‍याउने र शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीमा ठोस परिवर्तन ल्याउन फागुन २१ गते ‘सूर्य’ चिह्नमा मतदान गर्न आग्रह गरिन्।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, वडा नम्बर–१७ का वडा अध्यक्ष संजु छत्कुली, युवा नेताहरू मुकेश द्विवेदी, अजय साह, पिन्टु उपाध्याय, अमल यादव, प्रधुमन यादवविकी सिंह सहित समर्थकहरूको ठूलो उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...