Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

पर्सा–१ मा एमाले उम्मेदवार प्रदीप यादवको घरदैलो, विकास र सुशासनमा प्रतिबद्धता

spot_img
spot_img

वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १२ र १३ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव ले घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा यादवले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै दैनिक जीवनसँग सम्बन्धित समस्या, सुझाव र अपेक्षाहरू सुने। उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सामाजिक पूर्वाधार र रोजगारी सिर्जनामा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

विगतमा निर्वाचित सांसद र मन्त्रीको रूपमा पर्सा जिल्लामा गरेको विकास कार्यको स्मरण गर्दै यादवले सडक सुधार, खानेपानीको सहज पहुँच, विद्यालय र स्वास्थ्य संस्थाको विकास तथा सामाजिक कल्याण योजनाहरू सफलतापूर्वक कार्यान्वयन भएको बताए। उनले आगामी दिनमा थप दिगो र समावेशी विकास कार्यको आधार तयार भएको दाबी गरे।

साथै उनले एमालेको चुनावी एजेन्डालाई स्पष्ट गर्दै विकास, सुशासन, स्वास्थ्य र शिक्षामा सुधार, स्थानीय रोजगार सिर्जना, आर्थिक समृद्धि र महिला तथा सामाजिक समूहहरूको संरक्षणमा जोड दिए।

“हामी विकास, सुशासन र समृद्धिको यात्रालाई निरन्तरता दिनेछौँ। सबैले सूर्य चिन्हमा मतदान गरेर एमालेलाई समर्थन गर्नुपर्छ,” यादवले भने।

घरदैलो कार्यक्रममा नेकपा (एमाले) का नेता, कार्यकर्ता र स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...