Date
बुध, मंसिर ९, २०८३
Wed, November 25, 2026

पर्सा–१ मा जनमत उम्मेदवार ओमप्रकाश सरार्फको घरदैलो, कृषि र किसान अधिकार प्राथमिकतामा

spot_img
spot_img

वीरगंज। पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज महानगरपालिका वडा नम्बर–१४ पिप्रामा घरदैलो, भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन गरेका छन्।

भेटघाटका क्रममा नेता सरार्फले तराई–मधेसको मुख्य आयस्रोत कृषि भए पनि राज्यले किसानसँग विभेद गर्दै आएको आरोप लगाए। उनले किसानको सम्मान र अधिकार सुनिश्चित गर्न जनमत पार्टी सदैव तत्पर रहेको बताए। “खेतीपातीलाई आधुनिकीकरण र व्यवसायिक बनाउँदै आम्दानीका नयाँ स्रोत सिर्जना गर्ने स्पष्ट योजना जनमत पार्टीसँग छ,” उनले जिकिर गरे।

सरार्फले वीरगंजस्थित कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालनमा ल्याउन आफू प्रतिबद्ध रहने उल्लेख गरे। साथै, देश र मधेसको निकासका लागि उत्कृष्ट भिजन जनमत पार्टी र पार्टीका अध्यक्ष डा. सीके राउत सँग मात्र रहेको दाबी गर्दै ‘हर्न’ चुनाव चिह्नमा मतदान गर्न मतदातासँग अपिल गरे।

कार्यक्रममा विद्यालया प्रसाद, रम्भा मिश्रा, समानुपातिक उम्मेदवार विजय पासवान, डा. मनोज कुमार, सिए देवराज, श्याम शंकर चौरसिया, अनिता रौनियार, सिकेन्द्र पटेल, रोहित पटेल, सत्युग साह, तुल्सी राम, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान लगायतका नेताहरूको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पाँचौँ अध्यक्ष कप क्रिकेटको उपाधि जगरनाथपुर–६ लाई, जागृत युवा क्लब उपविजेता

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित पाँचौँ अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबार भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जगरनाथपुर गाउँपालिका...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१३ स्थित पावरहाउस चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन। बुधबार दिउँसो करिब ३ः२० बजे गण्डकबाट घण्टाघरतर्फ...

खेत जोत्ने क्रममा करेन्ट लागेर ट्र्याक्टर चालकको मृत्यु

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकास्थित दसौतासँगै जोडिएको भारतको सीमावर्ती गाउँ इनरवामा खेत जोत्ने क्रममा विद्युत् करेन्ट लागेर एक ट्र्याक्टर चालकको मृत्यु भएको छ। भारतको बिहार...