Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा–२ काे डकैलामा एमालेको सम्पर्क कार्यालय उद्घाटन, रिमालाई जिताउन प्रदिप यादवको आग्रह

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. ४ डकैला बहुवारीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। एमाले बहुदरमाई नगरपालिकाका अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादवले कार्यालयको उद्घाटन गरिन् ।

स्थानीय तहमा पार्टी संगठन सुदृढ गर्ने तथा जनतासँग प्रत्यक्ष समन्वय बढाउने उद्देश्यले कार्यालय स्थापना गरिएको उम्मेदवार यादवले जानकारी दिइन् । कार्यक्रममा बोल्दै उनले वडा तहसम्म संगठन बलियो बनाउँदै जनताको समस्या समाधानमा प्रत्यक्ष रूपमा काम गर्ने लक्ष्यका साथ सम्पर्क कार्यालय स्थापना गरिएको बताइन् । विकास, शिक्षा, रोजगारी तथा आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिने उनको भनाइ थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी पर्सा क्षेत्र नं. १ का उम्मेदवार एवं पूर्व मन्त्री प्रदिप यादवले आगामी निर्वाचनमा पर्सा २ की उम्मेदवार रिमालाई विजयी गराउन कार्यकर्ता र मतदातालाई एकजुट हुन आग्रह गरे । उनले क्षेत्रको समग्र विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावागी, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह, युवा नेता मुकेश दुबेदी, लियाकत अली, अजय लगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...