Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा–४ मा एमालेका पटेलसहित १०० भन्दा बढी कांग्रेसमा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत जिराभवानी गाउँपालिकाका मुकेश पटेल नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पटेलसहित एक सयभन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा समाहित भएको क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवले जानकारी दिए । नवप्रवेशीहरूलाई कांग्रेसका उम्मेदवार रमेश रिजालले पार्टीमा स्वागत गरेका थिए।

यसैगरी कांग्रेस प्रवेश गर्नेमा जगरनाथपुर गाउँपालिका वडा नं. ५ का धर्मेन्दर यादव, शम्भु यादवलगायतका रहेका छन् । स्थानीय तहमा विभिन्न दलका नेता–कार्यकर्ताको कांग्रेसप्रति आकर्षण बढ्दै गएको दाबी कांग्रेसले गरेको छ ।

यसअघि शुक्रबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साका जिल्ला अध्यक्ष रामचन्द्र पंडित तथा नेता चन्द्रिका सोनार पनि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनीहरूलाई कांग्रेस नेता एवं पर्सा–४ का उम्मेदवार रमेश रिजालले आफ्नै निवासमा टीका तथा अबीर लगाएर स्वागत गरेका हुन्।

पंडित र सोनारसहित करिब १५० भन्दा बढी समर्थक तथा लोसपाका नेता–कार्यकर्ताहरू कांग्रेसमा समाहित भएको बताइएको छ। यस प्रवेशसँगै पर्सा निर्वाचन क्षेत्र नं. ४ मा पार्टी थप बलियो बनेको उम्मेदवार रिजालले दाबी गरे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...