Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

डोकैला र बहुअरीमा नेकपाका मनोज चौधरीको जनता दर्शन कार्यक्रम

spot_img
spot_img

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरी ले बहुरमाई नगरपालिका वडा नं. ४ अन्तर्गत डोकैला र बहुअरीमा घरदैलो एवं ‘जनता दर्शन’ कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा गाउँ–वस्तीमा पुगेर चौधरीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या पहिचान गरी निर्वाचित भएलगत्तै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

डोकैलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार चौधरीले जनताको समर्थन र सहयोगले आफू उत्साहित भएको बताए। घरदैलो कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नगेन्द्र चौधरी, रामचन्द्र साह, किशोरी कुश्वाहा, बृजलाल पासवान,नेता विपिन यादव, बिरेन्द्र यादव, सोम लामा, रामेश्वर मण्डल, दीपेन्द्र सिंह पटेल तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

घरदैलोमा सहभागी नेताहरूले नेकपा समाजवादी आन्दोलनमा रहेको उल्लेख गर्दै अभियानमा डोकैला र बहुअरीवासीको साथ र सहयोग पाउनेमा आशावादी रहेको बताए। कार्यक्रममा विकास, रोजगारी र आधारभूत सेवासम्बन्धी विषयमा मतदातासँग छलफलसमेत गरिएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...