Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा–४ मा लोसपा पर्साका अध्यक्ष पंडित र नेता सोनार कांग्रेसमा प्रवेश

spot_img
spot_img

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साका जिल्ला अध्यक्ष रामचन्द्र पंडित तथा नेता चन्द्रिका सोनार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई नेपाली कांग्रेसका नेता एवं पर्सा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार रमेश रिजाल ले आफ्नै निवासमा टीका तथा अबीर लगाएर स्वागत गरेका हुन्।

पंडित र सोनारसहित करिब १५० भन्दा बढी समर्थक तथा लोसपाका नेता–कार्यकर्ताहरू समेत नेपाली कांग्रेसमा समाहित भएका छन्। यस प्रवेशसँगै पर्सा निर्वाचन क्षेत्र नं. ४ मा पार्टी थप बलियो बनेको नेता रिजालले दाबी गरे।

पार्टी प्रवेश कार्यक्रमपछि आयोजित भेटघाट तथा छलफलमा नेता रिजालले क्षेत्र नं. ४ मा नेपाली कांग्रेस दिनप्रतिदिन मजबुत हुँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।

नवप्रवेशी नेताहरूले नेपाली कांग्रेसको विचार र सिद्धान्त जनमुखी रहेको बताउँदै मधेशवादी दलमा रहेर मधेशको हकहित र विकासका लागि प्रभावकारी रूपमा काम गर्न कठिन भएको अनुभवका आधारमा कांग्रेस रोजेको स्पष्ट पारे ।

उनीहरूले पर्सा निर्वाचन क्षेत्र नं. ४ मा नेता रिजालको विकल्पमा अन्य उम्मेदवार नरहेको उल्लेख गर्दै कांग्रेसको जित सुनिश्चित हुने विश्वाससमेत व्यक्त गरेका छन् । पार्टी प्रबेश कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सह सचिव नविन सिंह, क्षेत्रिय सभापति श्रीकान्त यादव लगायतकाे समेत उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...