Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

जनता दर्शनमा सक्रिय मनोज चौधरी, शिक्षा–स्वास्थ्यदेखि ड्राइपोर्ट मुआब्जासम्मका मुद्दा अघि सार्दै

spot_img
spot_img

वीरगंज। चुनावी अभियानलाई तीव्र पार्दै नेपाली कम्युनिस्ट पार्टी, पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले ‘जनता दर्शन’ कार्यक्रमलाई निरन्तरता दिएका छन्। घरदैलो तथा प्रत्यक्ष जनसंवादमार्फत मतदातासँग भेटघाट गरिरहेका चौधरीले आफ्नो जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको दाबी गरेका छन्।

चौधरी अन्य उम्मेदवारको तुलनामा सक्रिय देखिएका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सडक पूर्वाधार तथा ड्राइपोर्टका मुआब्जा पीडितको मुद्दालाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिरहेको बताएका छन्। यी जनजीविकासँग जोडिएका विषयका कारण मतदाताबीच आफूप्रति आकर्षण बढेको उनको भनाइ छ।

समाजवादी नारासहित जनतामाझ पुगेका चौधरीले गरिब, मजदुर, मधेशी, आदिवासी, जनजाति तथा सर्वहारा वर्गको हितमा नेपाली कम्युनिस्ट पार्टी मात्र दृढ रहेको दाबी गरे। उनले पर्साका मतदाता सचेत भइसकेकाले यसपटकको निर्वाचनमा भ्रम फैलाएर मत प्रभावित गर्न नसकिने उल्लेख गरे।

आफूलाई नयाँ अनुहारका रूपमा प्रस्तुत गर्दै चौधरीले विगतमा निर्वाचित प्रतिनिधिहरूको कार्यसम्पादनबारे जनतालाई स्पष्ट जानकारी भइसकेको बताए। “साँचो अर्थमा नयाँ र प्रतिबद्ध उम्मेदवार म नै हुँ,” उनले भने। चौधरीले पार्टीको ‘ताराछाप’ चुनाव चिह्नप्रति जनताको समर्थन बढ्दै गएको दाबी गर्दै विजयप्रति आत्मविश्वास व्यक्त गरे।

नेपाल पोस्ट डेलीसँग कुराकानी गर्दै उनले सामाजिक सञ्जालमा देखिने प्रचार–प्रसारभन्दा जमिनको यथार्थ फरक रहेको बताए। “हल्ला र प्रचारको पछि जनता लागेका छैनन्, उनीहरू सत्य र विकासको पक्षमा छन्,” चौधरीले भने। मतदाताबाट आफूले विश्वास र साथ पाउँदै आएको उनको दाबी छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...