Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा ४ काे भेडिहारीमा रमेश रिजालको घरदैलो

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी माहोल तातेका बेला नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । मतदाताको घरआँगनमै पुगेर समर्थन जुटाउने रणनीतिअन्तर्गत उनले बिहिबार बिहान कालिकामाई गाउँपालिका–२ भेडिहारीमा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गरे ।

घरदैलोका क्रममा रिजालले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको सुधारलाई आफ्नो मुख्य एजेन्डा रहेको बताए । स्थानीय बासिन्दाले विगतका अधुरा योजना, पूर्वाधारको अभाव र रोजगारी संकटबारे गुनासो राखेका थिए ।

मतदाताका जिज्ञासा र गुनासोको जवाफ दिँदै रिजालले “अबको पाँच वर्ष पर्सा–४ को समग्र विकासका लागि निर्णायक हुने” भन्दै स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, नेता सहरुम राउत गद्दी, अजय पटेल, राधाकिशुन चौधरी लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेताहरूले गाउँ–गाउँमा बढ्दो सहभागिताले कांग्रेसको अभियान थप बलियो बन्दै गएको दाबी गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...