Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

वीरगंज–१४ मा प्रदीप यादवको घरदैलो, खानेपानी सङ्कट समाधानको भूमिका स्मरण

spot_img
spot_img

वीरगंज । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा ‘जनता दर्शन’ कार्यक्रमलाई तीव्रता दिएका छन् ।

पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले बुधवार वीरगञ्ज महानगरपालिका–१४ का विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन् । घरदैलोका क्रममा उनले पर्सा–१ बाट दुई पटक निर्वाचित भएपछि क्षेत्रको विकासका लागि आफूले गरेका कामबारे जानकारी गराएका थिए ।

विशेषगरी गत वर्ष देखिएको खानेपानी सङ्कट समाधानमा आफूले खेलेको भूमिकाबारे स्मरण गर्दै यादवले समस्या उत्पन्न भएको २४ घण्टाभित्रै आवश्यक निर्देशन दिएको दाबी गरे । “पानीको समस्या निम्तिएको बेला सौभाग्यवश म खानेपानी मन्त्री थिएँ । समस्या देखिएको २४ घण्टाभित्रै प्रत्येक टोल–टोलमा डीप बोरिङ जडान गर्ने निर्देशन दिएपछि आज वीरगञ्जको खानेपानी समस्या अन्त्य भएको छ,” उनले भने ।

यादवले निर्वाचनपछि पनि जनताकै बिचमा रहेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै मतदातालाई सुझबुझपूर्ण निर्णय लिन आग्रह गरे । “म सधैँ तपाईँहरूको बिचमा छु । सांसद बने पनि, मन्त्री बने पनि घरदैलोमै पुगेर सुख–दुःखको सारथि बनेको छु,” उनले भने । साथै, अन्य दलका उम्मेदवारहरू मत माग्न आए उनीहरूको काम र उपस्थितिबारे प्रश्न गर्न मतदातालाई आग्रह गरे ।

घरदैलो कार्यक्रममा वीरगञ्ज–१४ का वडाध्यक्ष महबुब एलाही अन्सारी, पूर्व वडाध्यक्ष भरत प्रसाद कुर्मी लगायत नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...