Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पर्सा–४ मा रमेश रिजालको घरदैलो अभियान तीव्र, विकास र सुशासनको प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत जिराभवानी गाउँपालिकाको परसवा टोल तथा वडा नम्बर–५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

घरदैलो अभियानका क्रममा उम्मेदवार रिजालले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। उनले विकास, सुशासन र जनताको अधिकार सुनिश्चित गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पार्टीको पक्षमा समर्थन जुटाएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले भने, “जनताको आवाजलाई केन्द्रमा राखेर क्षेत्रको समग्र विकास र समृद्धि हाम्रो प्रमुख लक्ष्य हो। शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।” उनले लोकतन्त्रको रक्षा र समावेशी विकासको बाटोमा अघि बढ्न कांग्रेसलाई विजयी गराउन मतदातासँग आग्रह गरे।

स्थानीय बासिन्दाहरूले रिजालप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यसपटक परिवर्तन र विकासका लागि कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरेका छन्।

घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्य एवं वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्णलाल श्रेष्ठ, पर्सा जिल्ला प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, नेता सहरुम राउत गद्दी लगायत कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...