Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पूर्व मन्त्री चौरसियाको विकल्प खोज्दै मतदाता: पर्सा–२ मा परिवर्तनको माग

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार, पूर्व मन्त्री एवं निर्वतमान सांसद अजय कुमार चौरसियाको विकल्प खोज्न मतदाताहरू सक्रिय बनेका छन् । ६१ वर्षीय चौरसियाले लामो समय मन्त्री र सांसदको रूपमा सेवा गरे तापनि क्षेत्रको विकासमा अपेक्षित योगदान नगरेको भन्दै मतदाताले परिवर्तनको आवश्यकता महसुस गरिरहेका छन्।

यस क्षेत्रमा नेकपा एमालेकी रिमा कुमारी यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुशिल साह कानु, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मनोज चौधरी, जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक टेमानी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विना जयसवाल लागयतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

मतदाता भन्छन् कि जो उम्मेदवार चौरसियालाई हराउने सम्भावना राख्छ, त्यसलाई उनीहरूले नै समर्थन गर्ने योजना बनाएका छन् । उनीहरूले चौरसियासँग कार्यकालमा के उपलब्धि भए र अब के योजना बाँकी छन् भनी प्रश्न गर्दै परिवर्तनको माग गरेका छन् ।

चौरसियाको मन्त्री रहँदा सरकारकै कारण भएको जेएनजे आन्दोलनमा ठूलो जनधनको क्षति भएको थियो । त्यस्तै, इँटा भट्टामा जीवित व्यक्तिलाई जलाएको आरोपमा जन्मकैद सजाय पाएका आफताब आलमलाई उनले सफाई दिलाएको आरोप पनि सार्वजनिक रूपमा लाग्दै आएको छ । यी सबै कारणले मतदाता चौरसियाको विकल्प खोज्न थालेको बताइन्छ ।

स्थानीय नेताहरू र सामाजिक अभियन्ताहरू भन्छन्, “अब मतदाताले केवल व्यक्तिको इतिहास होइन, वर्तमान उपलब्धि र भविष्य योजना हेरेर निर्णय गर्नेछन्। विकास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता मुद्दाहरूले मतदाता आन्दोलनको रूप लिइरहेका छन्।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...