Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

“युवाको साथमा अगाडि बढ्छौँ” – रमेश रिजालको जिराभावानी घरदैलोमा प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार रमेश रिजालले सोमबार पनि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्। पूर्व मन्त्री तथा निर्वतमान सांसदसमेत रहेका उम्मेदवार रिजालले जिराभावानी गाउँपालिकाको वडा नम्बर १ र २ मा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार रिजाललाई भव्य स्वागत गरेका थिए । स्थानीयहरूले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूहरूको साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै कांग्रेसप्रति विश्वास कायम रहेको बताएका थिए।

मतदातासँगको संवादमा उम्मेदवार रिजालले आफू सधैं युवा नेतृत्वको पक्षमा रहेको उल्लेख गर्दै यस क्षेत्रको विकासमा युवाको भूमिका महत्वपूर्ण हुने बताए । उनले विगतमा पनि अधिकांश युवा नेतृत्वलाई अघि बढाएको र आगामी दिनमा समेत युवाहरूसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “युवाको सक्रिय सहभागिता बिना समृद्ध र विकसित समाजको कल्पना गर्न सकिँदैन,” उनले भने।

घरदैलो कार्यक्रममा स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे समेत छलफल गरिएको थियो । रिजालले शिक्षा, स्वास्थ्य, सडक र रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाउँदै जनताका आवाज संसदसम्म पुर्‍याउने विश्वास दिलाए।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरी, कांग्रेसका मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्णलाल श्रेष्ठ, पर्सा जिल्ला प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, नेता सहरुम राउत गद्दीलगायत कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...