Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

“युवाको साथमा अगाडि बढ्छौँ” – रमेश रिजालको जिराभावानी घरदैलोमा प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार रमेश रिजालले सोमबार पनि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्। पूर्व मन्त्री तथा निर्वतमान सांसदसमेत रहेका उम्मेदवार रिजालले जिराभावानी गाउँपालिकाको वडा नम्बर १ र २ मा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार रिजाललाई भव्य स्वागत गरेका थिए । स्थानीयहरूले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूहरूको साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै कांग्रेसप्रति विश्वास कायम रहेको बताएका थिए।

मतदातासँगको संवादमा उम्मेदवार रिजालले आफू सधैं युवा नेतृत्वको पक्षमा रहेको उल्लेख गर्दै यस क्षेत्रको विकासमा युवाको भूमिका महत्वपूर्ण हुने बताए । उनले विगतमा पनि अधिकांश युवा नेतृत्वलाई अघि बढाएको र आगामी दिनमा समेत युवाहरूसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “युवाको सक्रिय सहभागिता बिना समृद्ध र विकसित समाजको कल्पना गर्न सकिँदैन,” उनले भने।

घरदैलो कार्यक्रममा स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे समेत छलफल गरिएको थियो । रिजालले शिक्षा, स्वास्थ्य, सडक र रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाउँदै जनताका आवाज संसदसम्म पुर्‍याउने विश्वास दिलाए।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरी, कांग्रेसका मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्णलाल श्रेष्ठ, पर्सा जिल्ला प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, नेता सहरुम राउत गद्दीलगायत कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...