Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

आदर्शनगरमा सशस्त्र प्रहरी र ट्रान्सपोर्ट व्यपारीबीच झडप, ३ सुरक्षाकर्मी घाइते

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित एक ट्रान्सपोर्ट गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि व्यपारीहरुले आक्रमण गरेका छन् । घटनामा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् भने प्रहरीको एउटा गाडीको शीशा पनि फुटेको छ ।

सोमबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा प्रस्तावित सीमा सुरक्षा बल, वीरगंज भन्सारको टोली राजश्व छली भित्र्याइएको सामान गोदाममा भण्डारण गरिएको सूचनाका आधारमा आदर्शनगर पुगेको थियो । विनोद साह कानुको सञ्चालनमा रहेको ‘सबिता ट्रेडर्स’को गोदाममा खानतलासी गर्ने क्रममा विवाद सुरु भएको बताइएको छ ।

सशस्त्र प्रहरीका अनुसार गोदाममा खानतलासीको प्रक्रिया सुरु गर्न खोज्दा त्यहाँ उपस्थित व्यपारीहरुले बिलबिजक भएको दाबी गर्दै विरोध जनाएका थिए । विवाद बढ्दै जाँदा सशस्त्र प्रहरीले गोदामको ताला फुटाउन खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो । त्यसपछि व्यपारीहरुको एक समूहले सशस्त्र प्रहरी र उनीहरु सवार दुई वटा गाडीमाथि ढुंगा तथा बाँसको फाटा प्रहार गरेको जनाइएको छ । आक्रमणपछि सशस्त्र प्रहरीको टोली गाडी लिएर घटनास्थलबाट फर्किएको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले गोदामको खानतलासीका क्रममा आक्रमण हुँदा ३ जना सुरक्षाकर्मी घाइते भएको र उनीहरुको उपचार भइरहेको जानकारी दिए । उनका अनुसार घटनास्थलबाट करिब ७ लाख रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । खानतलासी गरिएको गोदाम रहेको घर मदन गुप्ताको भए पनि गोदाम सञ्चालकको नाम खुलेको छैन ।

यता, आदर्शनगरका ट्रान्सपोर्ट व्यपारीहरुले भने सशस्त्र प्रहरीले पटक–पटक बिना प्रक्रिया गोदाममा छापा मार्ने, बिलबिजक भएका सामानसमेत उठाएर लैजाने गरेको आरोप लगाएका छन् ।

व्यपारीहरुले गोदाममा खानतलासी गर्ने अधिकार राजश्व अनुसन्धान कार्यालयसँग मात्रै रहेको दाबी गर्दै सशस्त्र प्रहरीले बारम्बार ताला फुटाएर छापा मार्नु गलत भएको बताएका छन् । यही असन्तुष्टिका कारण सोमबारको घटना घटेको उनीहरुको भनाइ छ ।

घटनापछि आदर्शनगर क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको थियो । अहिले अवस्था सामान्य रहेको र घटनाबारे दुवै पक्षबाट छानबिन भइरहेको बताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...