Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

आदर्शनगरमा सशस्त्र प्रहरी र ट्रान्सपोर्ट व्यपारीबीच झडप, ३ सुरक्षाकर्मी घाइते

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित एक ट्रान्सपोर्ट गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि व्यपारीहरुले आक्रमण गरेका छन् । घटनामा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् भने प्रहरीको एउटा गाडीको शीशा पनि फुटेको छ ।

सोमबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा प्रस्तावित सीमा सुरक्षा बल, वीरगंज भन्सारको टोली राजश्व छली भित्र्याइएको सामान गोदाममा भण्डारण गरिएको सूचनाका आधारमा आदर्शनगर पुगेको थियो । विनोद साह कानुको सञ्चालनमा रहेको ‘सबिता ट्रेडर्स’को गोदाममा खानतलासी गर्ने क्रममा विवाद सुरु भएको बताइएको छ ।

सशस्त्र प्रहरीका अनुसार गोदाममा खानतलासीको प्रक्रिया सुरु गर्न खोज्दा त्यहाँ उपस्थित व्यपारीहरुले बिलबिजक भएको दाबी गर्दै विरोध जनाएका थिए । विवाद बढ्दै जाँदा सशस्त्र प्रहरीले गोदामको ताला फुटाउन खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो । त्यसपछि व्यपारीहरुको एक समूहले सशस्त्र प्रहरी र उनीहरु सवार दुई वटा गाडीमाथि ढुंगा तथा बाँसको फाटा प्रहार गरेको जनाइएको छ । आक्रमणपछि सशस्त्र प्रहरीको टोली गाडी लिएर घटनास्थलबाट फर्किएको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले गोदामको खानतलासीका क्रममा आक्रमण हुँदा ३ जना सुरक्षाकर्मी घाइते भएको र उनीहरुको उपचार भइरहेको जानकारी दिए । उनका अनुसार घटनास्थलबाट करिब ७ लाख रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । खानतलासी गरिएको गोदाम रहेको घर मदन गुप्ताको भए पनि गोदाम सञ्चालकको नाम खुलेको छैन ।

यता, आदर्शनगरका ट्रान्सपोर्ट व्यपारीहरुले भने सशस्त्र प्रहरीले पटक–पटक बिना प्रक्रिया गोदाममा छापा मार्ने, बिलबिजक भएका सामानसमेत उठाएर लैजाने गरेको आरोप लगाएका छन् ।

व्यपारीहरुले गोदाममा खानतलासी गर्ने अधिकार राजश्व अनुसन्धान कार्यालयसँग मात्रै रहेको दाबी गर्दै सशस्त्र प्रहरीले बारम्बार ताला फुटाएर छापा मार्नु गलत भएको बताएका छन् । यही असन्तुष्टिका कारण सोमबारको घटना घटेको उनीहरुको भनाइ छ ।

घटनापछि आदर्शनगर क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको थियो । अहिले अवस्था सामान्य रहेको र घटनाबारे दुवै पक्षबाट छानबिन भइरहेको बताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...