Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

पर्सामा आचारसंहिता अनुगमन अधिकृत नियुक्त

spot_img
spot_img

वीरगंज । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पर्सा जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू नियुक्त गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साले एक सूचना जारी गर्दै निर्वाचन ऐन २०७३ र निर्वाचन आचारसंहिता २०८२ बमोजिम दुई जना अधिकृतहरू जिम्मेवारीमा नियुक्त भएको जानकारी दिएको छ। निर्वाचन आचारसंहिता विपरीतका कार्य भए/नभएको अनुगमन गर्न र उजुरी लिन सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल र प्र.को.नि. मनोज कुमार जोशीलाई जिम्मेवारी तोकिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीद्वारा हस्ताक्षरित सूचना अनुसार यदि कसैले निर्वाचन आचारसंहिता विपरीतका कार्य गरे वा गराएमा इच्छुक व्यक्तिले अनुसूची–४ बमोजिम उजुरी दर्ता गर्न सक्नेछन् । प्रशासनले निर्वाचनलाई मर्यादित बनाउने जिम्मेवारीमा नागरिकहरूको सक्रिय सहभागिता र निगरानी आवश्यक भएको उल्लेख गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...