Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कोहिनुरले प्राप्त गर्‍यो सञ्चालन इजाजतपत्र, कर्जा सूचना केन्द्रमा पनि आवद्ध

spot_img
spot_img

वीरगंज । वीरगंजको चिरपरिचित कोहिनुर बचत तथा ऋण सहकारी संस्था लि. ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट विधिवत सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ। यससँगै संस्थाले कर्जा सूचना केन्द्र (CIC) मा समेत सदस्यता प्राप्त गर्दै कानुनी रूपमा आफ्नो बचत तथा ऋण कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाएको छ।

सहकारी ऐन, २०७४ को दफा ८१ तथा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको दर्ता तथा अभिलेखीकरण मापदण्ड, २०८२ को दफा ४ बमोजिम संस्थाले प्राधिकरणमा दर्ता भई सञ्चालन अनुमति प्राप्त गरेको हो । साथै, प्रचलित कानुनअनुसार स्थापना भएको कर्जा सूचना केन्द्रमा आवद्ध भएसँगै संस्थाको ऋण व्यवस्थापन प्रणाली थप सुदृढ भएको जनाइएको छ ।

संस्थाका व्यवस्थापक प्रदीप कुमार लोहारले इजाजतपत्र र कर्जा सूचना केन्द्रको आवद्धताले सहकारीको वित्तीय अनुशासनलाई मजबुत बनाएको बताउनुभयो । उहाँका अनुसार अब ऋण लगानी गर्दा सदस्यहरू अन्य कुनै बैंक तथा वित्तीय संस्थामा कालो सूचीमा परे/नपरेको तथा उनीहरूको कर्जाको अवस्था सहजै यकिन गर्न सकिनेछ ।

सहकारी नियमावली, २०७५ को व्यवस्था अनुरूप कर्जा सूचना केन्द्रमा आवद्ध हुनुले खराब कर्जाको जोखिम न्यूनीकरण गर्दै संस्थाको लगानीलाई थप सुरक्षित बनाउने विश्वास संस्थाले लिएको छ। यसले सदस्यहरूलाई अझ भरपर्दो, पारदर्शी र प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...