Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सा–४ को खलुचडीमा नेकपाका उम्मेदवार थारुलाई विजयी गराउन प्रचार–प्रसार समिति गठन

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ४ बाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जयप्रकाश थारुको प्रचार–प्रसारका लागि जगरनाथपुर गाउँपालिका वडा नं. ३ खलुचडीमा निर्वाचन प्रचार–प्रसार तथा परिचालन समिति गठन गरिएको छ।

शरीफ गद्दीको संयोजकत्वमा ३१ सदस्यीय समिति गठन गरिएको नेकपाले जनाएको छ । आगामी फागुन २१ गतेकाे निर्वाचनमा उम्मेदवार थारुलाई विजयी गराउने उद्देश्यले समिति गठन गरिएको प्रचार–प्रसार समिति संयोजक गद्दीले जानकारी दिए।

समिति गठन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नागेन्द्र चौधरी, बालगोपाल थापा, गंगा खड्का, नेता बलिराम साह लगायतका वक्ताहरूले सम्बोधन गर्दै यस क्षेत्रको विकास र परिवर्तनका लागि नेकपाको कुनै विकल्प नरहेको बताएका थिए।

वक्ताहरूले पार्टी सधैं जनताको पक्षमा उभिँदै समाजवादी परिवर्तनको अभियानलाई अघि बढाउँदै आएको उल्लेख गर्दै उम्मेदवार थारुलाई विजयी गराउन सबैलाई सक्रिय रूपमा लाग्न आग्रह गरे ।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...