Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सागढी–४ मा रिमा यादवको घरदैलो, विकास र पर्यटन प्रवर्द्धनको प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. २ की नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिका वडा नं. ४ परसुरामपुरममा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिइन् । कार्यक्रममा स्थानीय बासिन्दाले देखाएको उत्साह र सद्भावले आफ्नो अभियानलाई थप सशक्त बनाएको उनले बताइन् ।

उम्मेदवार यादवले पर्सागढीको ऐतिहासिक पहिचानलाई संरक्षण गर्दै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारिन् । साथै, क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना र समग्र सामाजिक–आर्थिक उन्नतिका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

परिवर्तन र समृद्धिको साझा लक्ष्यसहित अघि बढेको यो अभियान अन्तिम समयसम्म निरन्तर जारी रहने उनले उद्घोष गरिन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...