Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सागढी–४ मा रिमा यादवको घरदैलो, विकास र पर्यटन प्रवर्द्धनको प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. २ की नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिका वडा नं. ४ परसुरामपुरममा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिइन् । कार्यक्रममा स्थानीय बासिन्दाले देखाएको उत्साह र सद्भावले आफ्नो अभियानलाई थप सशक्त बनाएको उनले बताइन् ।

उम्मेदवार यादवले पर्सागढीको ऐतिहासिक पहिचानलाई संरक्षण गर्दै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारिन् । साथै, क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना र समग्र सामाजिक–आर्थिक उन्नतिका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

परिवर्तन र समृद्धिको साझा लक्ष्यसहित अघि बढेको यो अभियान अन्तिम समयसम्म निरन्तर जारी रहने उनले उद्घोष गरिन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...