Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

पर्सा १ : वीरगंज–२ का पूर्व वडाध्यक्ष शेख अब्बास एमालेमा प्रवेश

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष शेख अब्बास नेकपा (एमाले) मा प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हालको जसपा नेपाल) बाट निर्वाचित अब्बासले आइतबार औपचारिक रूपमा जसपा नेपाल परित्याग गर्दै एमाले प्रवेश गरेका हुन्।

वीरगंज–२ स्थित छपकैयामा आइतबार बिहान आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का एमाले उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले अब्बाससहित नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार यादवले आफू सधैं जनताको सुख–दुःखमा साथ दिँदै आएको दाबी गरे। उनले भने, “अहिले चुनाव नजिकिँदै गर्दा भोट माग्न धेरै नेताहरू रुप फेरेर जनताकहाँ आइरहेका छन्। तर खानेपानीको संकट हुँदा र हैजाको महामारी फैलिँदा उनीहरू कहाँ थिए? त्यसबेला जनताको बीचमा यही प्रदीप यादव थियो।”

यादवले देश जलाउने कि देश जोगाउने शक्तिलाई भोट दिने भन्ने निर्णयको घडी आएको उल्लेख गर्दै देश बनाउने नेतृत्वलाई नै जनताले आफ्नो प्रतिनिधि बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, जिल्ला सचिव महेस दास, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता सुन्दर कुर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका...

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...