Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

पर्सा १ : वीरगंज–२ का पूर्व वडाध्यक्ष शेख अब्बास एमालेमा प्रवेश

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष शेख अब्बास नेकपा (एमाले) मा प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हालको जसपा नेपाल) बाट निर्वाचित अब्बासले आइतबार औपचारिक रूपमा जसपा नेपाल परित्याग गर्दै एमाले प्रवेश गरेका हुन्।

वीरगंज–२ स्थित छपकैयामा आइतबार बिहान आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का एमाले उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले अब्बाससहित नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार यादवले आफू सधैं जनताको सुख–दुःखमा साथ दिँदै आएको दाबी गरे। उनले भने, “अहिले चुनाव नजिकिँदै गर्दा भोट माग्न धेरै नेताहरू रुप फेरेर जनताकहाँ आइरहेका छन्। तर खानेपानीको संकट हुँदा र हैजाको महामारी फैलिँदा उनीहरू कहाँ थिए? त्यसबेला जनताको बीचमा यही प्रदीप यादव थियो।”

यादवले देश जलाउने कि देश जोगाउने शक्तिलाई भोट दिने भन्ने निर्णयको घडी आएको उल्लेख गर्दै देश बनाउने नेतृत्वलाई नै जनताले आफ्नो प्रतिनिधि बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, जिल्ला सचिव महेस दास, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता सुन्दर कुर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...