Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सा–४ मा रमेश रिजालको घरदैलो : “फेरि भरोसा गर्नुस्, जनताको अपेक्षामा खरो उत्रिन्छु”

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले आइतबार जिराभवानी गाउँपालिका वडा नम्बर १ मा चुनावी घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन्।

कांग्रेसका नेता, कार्यकर्ता तथा समर्थकहरूसँगै वडा नम्बर १ का महादेवपट्टी, शान्तिनगर पिपरा, भवानीपुर पकडी टोल, जगतिया र बलुवा गाउँमा पुगेका उम्मेदवार रिजाललाई स्थानीय बासिन्दाले अबीर–टीका र माला लगाएर स्वागत गरेका थिए।

घरदैलोका क्रममा मतदाताहरूले आफ्ना गाउँ–ठाउँका स्थानीय समस्या, आवश्यकता र गुनासा राख्दै निर्वाचनपछि गरिएका प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराएका थिए। स्थानीयको कुरा ध्यानपूर्वक सुन्दै पूर्व मन्त्रीसमेत रहेका रिजालले कांग्रेस अब विगतको भन्दा धेरै परिवर्तन भएको र जनताको समस्या समाधानमा अझ जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

रिजालले युवा नेतृत्वले सम्हालेको कांग्रेसप्रति जनताको आशा र भरोसा बढ्दै गएको उल्लेख गर्दै जनताको विश्वास कहिल्यै टुट्न नदिने वाचा गरे। पर्सा–४ का जनताको सुख–दुःखमा आफू सधैं साथमै रहेको स्मरण गराउँदै उनले भने, “फेरि एकपटक मलाई भरोसा गर्नुस्, विगतभन्दा अझ बढी जनताको अपेक्षामा खरो उत्रिनेछु।”

उक्त घरदैलो कार्यक्रममा मधेश प्रदेशका वनमन्त्री शंकर प्रसाद चौधरी, कांग्रेस प्रदेश महामन्त्री बृहस्पति कृष्णलाल श्रेष्ठ, जिल्ला सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादव, बुथ सभापति शेख ग्यासुदिन, पूर्व वडा अध्यक्ष शेख नुमान आजम, युवा नेता सन्तोष चौरसियालगायत कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...