Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सा–२ मा नेकपाका उम्मेदवार मनोज चौधरीको घरदैलो अभियान तीव्र

spot_img
spot_img

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरीले चुनावी अभियानअन्तर्गत बहुदरमाइ नगरपालिका वडा नं. २ का विभिन्न टोलमा घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलो अभियानका क्रममा उम्मेदवार चौधरीले सिसियाडी, बैरिया र पिपरा क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी योजना, एजेन्डा र प्रतिबद्धता प्रस्तुत गरेका थिए । यस क्रममा उनले मतदातासँग संवाद गर्दै स्थानीय समस्या, आवश्यकता र सुझावसमेत संकलन गरेको नेकपाका केन्द्रिय सदस्य बृजलाल पासवानले जानकारी दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू नगेन्द्र चौधरी, रामचन्द्र साह, किशोरी कुश्वाहा, बृजलाल पासवान, विपिन यादव र वीरेन्द्र यादव, केन्द्रीय सल्लाहकार रामआश्रय राम, नेता जयशंकर यादव, दीपेन्द्र सिंह पटेललगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियाे ।

निर्वाचन नजिकिँदै जाँदा पार्टीले पर्सा क्षेत्र नं. २ का विभिन्न बस्तीमा घरदैलो तथा जनसम्पर्क अभियानलाई थप तीव्र बनाउँदै लैजाने क्षेत्रिय कमिटीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...