Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पर्सा–२ मा नेकपाका उम्मेदवार मनोज चौधरीको घरदैलो अभियान तीव्र

spot_img
spot_img

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरीले चुनावी अभियानअन्तर्गत बहुदरमाइ नगरपालिका वडा नं. २ का विभिन्न टोलमा घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलो अभियानका क्रममा उम्मेदवार चौधरीले सिसियाडी, बैरिया र पिपरा क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी योजना, एजेन्डा र प्रतिबद्धता प्रस्तुत गरेका थिए । यस क्रममा उनले मतदातासँग संवाद गर्दै स्थानीय समस्या, आवश्यकता र सुझावसमेत संकलन गरेको नेकपाका केन्द्रिय सदस्य बृजलाल पासवानले जानकारी दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू नगेन्द्र चौधरी, रामचन्द्र साह, किशोरी कुश्वाहा, बृजलाल पासवान, विपिन यादव र वीरेन्द्र यादव, केन्द्रीय सल्लाहकार रामआश्रय राम, नेता जयशंकर यादव, दीपेन्द्र सिंह पटेललगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियाे ।

निर्वाचन नजिकिँदै जाँदा पार्टीले पर्सा क्षेत्र नं. २ का विभिन्न बस्तीमा घरदैलो तथा जनसम्पर्क अभियानलाई थप तीव्र बनाउँदै लैजाने क्षेत्रिय कमिटीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...