Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्सा क्षेत्र नं. २ मा कांग्रेसलाई झट्का : रामजी प्रसाद कुर्मी एमालेमा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २६ सुगौली निवासी रामजी प्रसाद कुर्मी नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

एमाले वीरगंज महानगर कमिटीको कार्यालयमा आयोजित कार्यक्रममा कुर्मीलाई एमालेका केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय सरावगी र मधेश प्रदेश कमिटीका उपाध्यक्ष एवं वीरगंज महानगर इन्चार्ज विचारी यादवले पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कुर्मीले परिवर्तनको चाहनाका कारण आफू एमालेमा प्रवेश गरेको बताए । उनले कांग्रेसले एउटै नेतालाई पटक–पटक टिकट दिने तर ती नेता सांसद र मन्त्री बनेपछि पनि जिल्ला तथा क्षेत्रको विकासमा उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए । यही कारणले कांग्रेस परित्याग गरी परिवर्तनको विकल्पका रूपमा एमाले रोजेको उनको भनाइ थियो ।

कुर्मीले आगामी निर्वाचनमा एमाले पर्सा क्षेत्र नं. २ की युवा तथा महिला उम्मेदवार रिमा कुमार यादवलाई जिताउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा एमाले वीरगंज महानगर कमिटीका कार्यवाहक अध्यक्ष इलयाकत अली, लेखा समिति संयोजक अजय साह, नेता मुकेश द्विवेदी लगायतको पनि उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...