Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा क्षेत्र नं. २ मा कांग्रेसलाई झट्का : रामजी प्रसाद कुर्मी एमालेमा प्रवेश

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २६ सुगौली निवासी रामजी प्रसाद कुर्मी नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

एमाले वीरगंज महानगर कमिटीको कार्यालयमा आयोजित कार्यक्रममा कुर्मीलाई एमालेका केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका पूर्व मेयर विजय सरावगी र मधेश प्रदेश कमिटीका उपाध्यक्ष एवं वीरगंज महानगर इन्चार्ज विचारी यादवले पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कुर्मीले परिवर्तनको चाहनाका कारण आफू एमालेमा प्रवेश गरेको बताए । उनले कांग्रेसले एउटै नेतालाई पटक–पटक टिकट दिने तर ती नेता सांसद र मन्त्री बनेपछि पनि जिल्ला तथा क्षेत्रको विकासमा उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए । यही कारणले कांग्रेस परित्याग गरी परिवर्तनको विकल्पका रूपमा एमाले रोजेको उनको भनाइ थियो ।

कुर्मीले आगामी निर्वाचनमा एमाले पर्सा क्षेत्र नं. २ की युवा तथा महिला उम्मेदवार रिमा कुमार यादवलाई जिताउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा एमाले वीरगंज महानगर कमिटीका कार्यवाहक अध्यक्ष इलयाकत अली, लेखा समिति संयोजक अजय साह, नेता मुकेश द्विवेदी लगायतको पनि उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...