Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

“लोकतन्त्र र विकासका लागि कांग्रेस नै आवश्यक छ” : रमेश रिजाल

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर–३ अन्तर्गत फुलवरिया र बसन्तपुर गाउँमा शनिबार नेपाली कांग्रेसको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ । पर्सा क्षेत्र नम्बर–४ का कांग्रेस उम्मेदवार रमेश रिजालले दुवै गाउँमा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए ।

घरदैलोका क्रममा उम्मेदवार रिजालले स्थानीयवासीका गुनासा र समस्याहरू ध्यानपूर्वक सुनेका थिए । जनताका चाहना र आवश्यकता अनुसार फेरि पनि जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले विगतको अनुभवलाई आगामी कार्यकालमा प्रभावकारी रूपमा प्रयोग गर्ने बताए ।

पूर्व उद्योगमन्त्रीसमेत रहेका रिजालले लोकतन्त्रको रक्षा र देशको समग्र विकासका लागि नेपाली कांग्रेस नै जिम्मेवार र सक्षम दल रहेको दाबी गरे । उनले नयाँ र पुरानाको भ्रममा नपरी कांग्रेसलाई मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गरे ।

नयाँ भनाउँदा राजनीतिक शक्तिहरूको देश निर्माण र विकासमा कुनै ठोस योगदान नरहेको टिप्पणी गर्दै रिजालले उनीहरू विचार र सिद्धान्तविहीन रहेको आरोप लगाए । उनले वर्तमान कांग्रेस नेतृत्व युवा, ऊर्जावान र विचारमा पनि नवीन बनेको उल्लेख गर्दै भने, “कांग्रेस आज नेतृत्व मात्र होइन, विचार र कार्यशैलीमा पनि नयाँ बनेको छ ।”

देश हाल सामना गरिरहेको राजनीतिक संकटबाट निकास कांग्रेसको नेतृत्वमै सम्भव हुने दाबी गर्दै रिजालले समावेशी विकास, जनअधिकारको संरक्षण र राजनीतिक स्थायित्व कांग्रेसले मात्रै सुनिश्चित गर्न सक्ने बताए । उनले रूपान्तरित कांग्रेसप्रति देशभर जनसमर्थन बढ्दै गएको दाबी पनि गरे ।

चुनावी घरदैलो कार्यक्रममा पोखरिया नगरपालिकाका पूर्व मेयर दिपनारायण रौनियार, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सहसचिव नवीन सिंह, क्षेत्रीय अध्यक्ष श्रीकान्त प्रसाद यादव, बिन्दवासिनी गाउँपालिकाका कांग्रेस युवा नेता विवेक चौरसिया लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...