Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

वीरगंज–१६ नगवामा एमाले उम्मेदवार प्रदीप यादवको भव्य घरदैलो तथा जनता दर्शन

spot_img
spot_img

वीरगंज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा भव्य रूपमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

शनिबार बिहानै नगवा पुगेका उम्मेदवार यादवको घरदैलो तथा जनता दर्शन कार्यक्रममा उल्लेखनीय संख्यामा स्थानीय मतदाताको सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा नगवावासीबाट अपार माया, समर्थन र उत्साह प्राप्त भएको भन्दै उम्मेदवार यादवले नगवाका जनता आफ्नो पक्षमा मजबुत रूपमा उभिएको दाबी गरे।

नगवावासीले आफूलाई जितको आशीर्वाद दिएको उल्लेख गर्दै यादवले जनचाहनाअनुसार निरन्तर जनताको सेवामा सक्रिय रहेकै कारण स्थानीयवासीको विश्वास र साथ प्राप्त भएको बताए।

घरदैलो तथा जनता दर्शन कार्यक्रमपछि नगवा गाउँको अग्रभागमा कोणसभाको आयोजना गरिएको थियो। कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार यादवले विगतमा नगवाको विकासका लागि हरसम्भव प्रयास गरेको र आगामी दिनमा विकास, शिक्षा, स्वास्थ्य तथा युवाहरूको रोजगारी सुनिश्चित गर्न विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

उनले युवाहरूलाई कुनै किसिमको समस्या वा असन्तुष्टि भए आफूलाई सिधै फोन वा सन्देश गर्न आग्रह गर्दै सुख–दुःखमा सधैं अग्रपंक्तिमा उभिने प्रतिबद्धता दोहोर्‍याए।

घरदैलो तथा कोणसभामा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटा, नेता सुन्दर कुर्मी, मानदेव हजरा, अरुण यादव, भुषाल चौरसिया, देवनाथ प्रसाद चौरसिया, मगदिश यादव, बादल लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी नेताहरूले विपक्षीहरूले प्रचार गरेजस्तो नगवाको अवस्था नरहेको स्पष्ट पार्दै सम्पूर्ण नगवावासी उम्मेदवार प्रदीप यादवको पक्षमा एकजुट रहेको दाबी गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका...

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...