Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा २ मा मुकेश द्विवेदी र पूर्व वडाध्यक्ष कलवार एमालेमा प्रवेश

spot_img
spot_img

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको आयोजनामा केन्द्रीय उपमहासचिव तथा युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ठाकुर राम बहुमुखी क्याम्पसका पूर्व सभापति तथा जसपा युवा नेता मुकेश द्विवेदी, वीरगंज महानगरपालिका वडा नं. ९ का पूर्व वडा अध्यक्ष मनोज कलवार तथा वडा नं. ३ का पूर्व वडा सदस्य एवं न्यायिक समितिका पूर्व सदस्य तुफैल अख्तरलगायतका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

नवप्रवेशी नेताहरूलाई केन्द्रीय उपमहासचिव योगेश भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए। आयोजकका अनुसार उक्त प्रवेश कार्यक्रमले पार्टी संगठनलाई थप मजबुत बनाउने र आगामी निर्वाचनमा एमाले एकजुट भएर अघि बढ्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय कुमार सरावगी, पर्सा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादव, बहुदरमाई नगरपालिकाका मेयर सिंगासान साह कलवारलगायत पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप सफल बनाएको आयोजकले जनाएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...