Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

वीरगंज–२७ मा नेकपाको वडा भेला सम्पन्न, १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) वीरगंज महानगरपालिका वडा नम्बर–२७ को वडा भेला बिहीबार टोल घुर्मिमा सम्पन्न भएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित भेलाले पार्टीको संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाएको छ।

भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार मनोज चौधरीले यसपटकको निर्वाचनमा नेकपाको जित सुनिश्चित रहेको दाबी गर्नुभयो । उहाँले जनताको हितमा आधारित नीति, संगठनात्मक एकता र कार्यकर्ताको सक्रियताका कारण नेकपालाई जितको विकल्प नभएको बताउनुभयो।

अकलु यादवको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय सदस्य किशोरी कुशवाहा, बृजलाल पासवान, विपिन यादव र बिरेन्द्र यादव लगायतका नेताहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै पार्टीलाई जिततर्फ अग्रसर गराउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए।

भेलाले अकलु यादवको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। उक्त कमिटीको सह–संयोजकमा मनोज कर्ण चयन हुनु भएको छ। नवगठित कमिटीले वडा तहमा पार्टीको संगठन विस्तार, मतदाता परिचालन र चुनावी अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय समेत गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...