Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

पर्सागढी–९ मा एमाले उम्मेदवार रिमा यादवको घरदैलो, जेनजी युवाको उत्साहजनक समर्थन

spot_img
spot_img

वीरगंज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा यादवले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएकी छन्। युवा तथा जेनजी उमेर समूहकी उम्मेदवार यादवको घरदैलो कार्यक्रममा उल्लेखनीय जनसमर्थन र उत्साह देखिएको छ।

बुधबार पर्सागढी नगरपालिका वडा नम्बर–९ स्थित एकटांगा क्षेत्रमा सम्पन्न घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आगामी निर्वाचनमा सूर्य छापमा मतदान गर्न आग्रह गरिन् । स्थानीय मतदाताहरूले जेनजी आन्दोलनको मर्मअनुसार एमालेले शिक्षित, सक्षम र नयाँ पुस्ताको उम्मेदवार अघि सारेको भन्दै प्रशंसा गरेका थिए।

कार्यक्रमका क्रममा केही मतदाताहरूले अब पुराना नेताहरूलाई भोट नदिने घोषणा गर्दै नयाँ सोच र ऊर्जा बोकेकी जेनजी उम्मेदवार रिमा यादवलाई तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उम्मेदवार यादवले स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा र समाजकल्याणलाई आफ्नो प्राथमिकतामा राखेको बताउँदै यस क्षेत्रमा अझै धेरै विकासका काम बाँकी रहेको र ती काम पूरा गर्न आफू निर्वाचनमा होमिएको स्पष्ट पारिन्।

घरदैलो कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, एमाले नेतृ सिता लामा तथा सयौँ नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

यसैबीच, यस क्षेत्रअन्तर्गत पर्ने बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली सहित दुई जना वडाध्यक्ष मंगलबार नेकपा एमालेमा प्रवेश गरेपछि पर्सा क्षेत्र नम्बर–२ मा एमालेको संगठनात्मक शक्ति थप बलियो बनेको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...