Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

“रमेश रिजाल योग्य र सक्षम उम्मेदवार हुन्, जित सुनिश्चित छ” : नविन सिंह

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसको वडा स्तरीय भेला सम्पन्न भएको छ । भेलाले आगामी फागुन २१ गते हुने निर्वाचनमा पर्सा–४ बाट कांग्रेसका उम्मेदवार पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधिसभा सदस्य रमेश रिजाललाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका सह–सचिव नविन सिंहले पर्सा–४ मा कांग्रेस उम्मेदवार रमेश रिजालको जित सुनिश्चित रहेको दाबी गरे । उनले क्षेत्रका अन्य उम्मेदवारको तुलनामा रिजाल अनुभवी, योग्य र सक्षम नेता भएकाले जनताको विश्वास उनैमाथि रहेको बताए ।

सिंहले भने, “हाम्रा उम्मेदवार सधैं क्षेत्रका जनताको सुख–दुःखमा साथ रहनुहुन्छ । अरू उम्मेदवारजस्तो निर्वाचनको बेला मात्र देखिने होइन, त्यसैले कांग्रेसको जित निश्चित छ ।”

भेलाका प्रमुख अतिथि समेत रहेका युवा नेता सिंहले हावाको पछि नलाग्न नेता–कार्यकर्तालाई आग्रह गर्दै आगामी निर्वाचनमा कांग्रेसको विकल्प नरहेको जिकिर गरे । उनले लोकतन्त्र स्थापनादेखि सुदृढीकरणसम्म कांग्रेसको ऐतिहासिक योगदान रहेको उल्लेख गर्दै कांग्रेस नै लोकतन्त्रको वास्तविक पहरेदार भएको दाबी गरे ।

भेलामा सहभागी नेता–कार्यकर्ताले एकताबद्ध भएर घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्र बनाउँदै रमेश रिजालको जितका लागि सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...