Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पर्सा ४ काे छिपहरमाई र ठोरीमा कांग्रेसकाे वडास्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नं. ५, भिश्वा टोल तथा ठोरी गाउँपालिका वडा नं. ४, निर्मल बस्तीमा नेपाली कांग्रेसका अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।

भेलालाई सम्बोधन गर्दै क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजालले जनताको भरोसा, साथ र सक्रिय सहभागिताबिना समृद्ध र न्यायपूर्ण समाज निर्माण सम्भव नहुने स्पष्ट पार्नुभयो। उहाँले विकास, सुशासन र जनउत्तरदायी नेतृत्वलाई आफ्नो राजनीतिक प्रतिबद्धताको केन्द्रमा राख्दै स्थानीय जनताको हक–हितका लागि निरन्तर संघर्ष गर्ने दृढ संकल्प व्यक्त गर्नुभयो।

पूर्व मन्त्री एवं निर्वतमान सांसदसमेत रहेका रिजालले कांग्रेसको नेतृत्वमा मात्रै क्षेत्रको दिगो विकास सम्भव हुने दाबी गर्नुभयो।

भेलामा नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवलगायत नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले कांग्रेसको संगठन थप मजबुत बनाउँदै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...