Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पर्सा–४ मा कांग्रेस उम्मेदवार रिजालको सक्रियता, जिराभवानीका अगुवा कार्यकर्तासँग भेटघाट

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले जिराभवानी गाउँपालिकाअन्तर्गतका सबै वडा तथा टोलका अगुवा कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ।

पूर्व मन्त्री तथा निर्वतमान प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका कांग्रेस उम्मेदवार रिजालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गाउँपालिकाका वडा नं. १ देखि ५ सम्मका अगुवा कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्नुभएको हो।

भेटघाटका क्रममा उम्मेदवार रिजालले निर्वाचन रणनीति, संगठन सुदृढीकरण र क्षेत्रको समग्र विकासका विषयमा छलफल गर्दै कांग्रेसलाई जिताउने अभियानमा एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो। साथै उहाँले विगतमा गरेका काम र भावी योजनाबारे समेत जानकारी गराउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, पर्सा जिल्ला प्रवक्ता रमेश पाण्डे, जिल्ला सह–सचिव नविन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवलगायत पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...