Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा–४ मा कांग्रेसको क्षेत्रीय बैठक सम्पन्न, उम्मेदवार रिजालले भने– “हाम्राे जित सुनिश्चित छ”

३५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समितिको गठन

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–४ को क्षेत्रीय कार्य समितिको बैठक मंगलबार जगरनाथपुर गाउँपालिका वडा नम्बर–५ झखरा मसिहानीमा सम्पन्न भएको छ। बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको जित निश्चित रहेको दाबी गर्नुभएको छ।

पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका रिजालले कार्यकर्ता तथा नेताहरूलाई उच्च मनोबलका साथ आ–आफ्नो टोल र बस्तीमा निर्वाचन आचारसंहिता पालना गर्दै प्रचार–प्रसारमा जुट्न आग्रह गर्नुभयो । उहाँले कांग्रेसलाई कुनै शक्तिले हराउन नसक्ने उल्लेख गर्दै पार्टीले विगतमा गरेका काम र योगदानबारे स्थानीय तहमा जनतालाई स्पष्ट रूपमा बुझाउन आवश्यक रहेको बताउनुभयो।

उम्मेदवार रिजालले यसपालि हुने निर्वाचनलाई आफ्नो अन्तिम राजनीतिक लडाइँको रूपमा लिएको उल्लेख गर्दै आगामी निर्वाचनका लागि युवा तथा नयाँ नेतृत्वलाई संसद् चुनावका लागि तयारी गर्न समेत आह्वान गर्नुभयो।

सम्पन्न बैठकले क्षेत्रिय सभापति श्रीकान्त प्रसाद यादवकाे संयाेजकत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति पनि गठन गरेकाे छ ।

क्षेत्रीय सभापति यादवको अध्यक्षतामा सम्पन्न बैठकमा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरी, पार्टीका मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सह–सचिव नविन सिंह, नेता बशिष्ठ नारायण कुर्मीलगायतका वक्ताहरूले कांग्रेसलाई विजयी बनाउन आ–आफ्नो ठाउँबाट सक्रिय रूपमा लाग्न आग्रह गरेका थिए।

बैठकमा आगामी निर्वाचनको रणनीति, संगठन सुदृढीकरण र स्थानीय स्तरमा पार्टीको जनाधार विस्तार गर्ने विषयमा समेत छलफल भएको क्षेत्रिय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...