Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

एमाले केन्द्रीय सदस्य सरावगीसहित ३ नेतालाई पर्सामा चुनावी कमाण्डरको जिम्मेवारी

spot_img
spot_img

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले पर्सा जिल्ला कमिटीले तीन जना केन्द्रीय सदस्यलाई निर्वाचन समन्वयको जिम्मेवारी दिएको छ।

सोमबार वीरगंजमा सम्पन्न पार्टीको बैठकले निर्वाचनलाई प्रभावकारी र सफल बनाउन क्षेत्रगत रूपमा जिम्मेवारी बाँडफाँड गरेको हो। बैठकको निर्णयअनुसार, पर्सा क्षेत्र नम्बर १ को समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य निर्मला देवकोटालाई दिइएको छ। पर्सा क्षेत्र नम्बर २ को जिम्मेवारी केन्द्रीय सदस्य तथा पूर्व महानगरप्रमुख विजय कुमार सरावगीलाई दिइएको छ भने पर्सा क्षेत्र नम्बर ३ र ४ को समन्वयको जिम्मेवारी केन्द्रीय सदस्य प्रभु हजरालाई प्रदान गरिएको छ।

पार्टीले अनुभवी र संगठनमा बलियो पकड भएका नेताहरुलाई जिम्मेवारी दिई निर्वाचन तयारीलाई थप सुदृढ बनाउने जनाएको छ। बैठकले आगामी दिनमा जनसम्पर्क, संगठन विस्तार तथा चुनावी प्रचारलाई तीव्रता दिने निर्णयसमेत गरेको छ।

यसपटक पर्सा क्षेत्रमा एमालेले नयाँ र अनुभवी उम्मेदवारलाई टिकट दिएको छ। पर्सा–१ मा प्रदीप यादव, पर्सा–२ मा रिमा कुमारी यादव, पर्सा–३ मा रुपेश पाण्डे, र पर्सा–४ मा जालिम मियाँ चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...