Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

वीरगंजमा भारतको ७७औँ गणतन्त्र दिवस भव्य समारोहसहित मनाइयो

spot_img
spot_img

वीरगंज । भारतको ७७औँ गणतन्त्र दिवस वीरगंजस्थित भारतको महावाणिज्य दूतावासले सोमबार भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ।

समारोहको सुरुआत भारतका महावाणिज्यदूत डी. एस. मीनाले राष्ट्रिय झण्डा तिरंगा फहराएर तथा भारतका राष्ट्रपतिको सन्देश वाचन गर्दै गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँले भारतका लोकतान्त्रिक मूल्य, संविधानको महत्व तथा राष्ट्रिय एकताको भावनाबारे प्रकाश पार्नुभयो।

गणतन्त्र दिवसको अवसरमा शिक्षा विद्यालयसहित १२ विभिन्न विद्यालयका विद्यार्थीहरूले गीत, नृत्य तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रस्तुतिले उपस्थित दर्शकहरूलाई आकर्षित गर्नुका साथै देशभक्तिको भावना अभिव्यक्त गरेको थियो।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश दाहाल, प्रहरी उपरीक्षक सुदिप राज पाठक, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका गणपति प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, वीरगंज उद्योग वाणिज्य संघ तथा नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

दूतावासका अनुसार समारोहमा कवि, स्थानीय व्यापारी, नेपाल–भारत मैत्री संघका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरू सहित विभिन्न क्षेत्रका करिब पाँच सय जनाको सहभागिता रहेको थियो।

गणतन्त्र दिवस समारोहसँगै दूतावास परिसरभित्र भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय गीत प्रदर्शनीसमेत आयोजना गरिएको थियो। प्रदर्शनीमा विद्यार्थी, शिक्षक–शिक्षिका तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको थियो।

दूतावासले यस्ता कार्यक्रमहरूले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध तथा जनस्तरको आपसी समझदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

वीरगंज । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको...

आँपको बगैचामा लुकाएर राखिएको अवस्थामा छिपहरमाईबाट १४० किलो गाँजा बरामद

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँपको बगैचाबाट प्रहरीले १४० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको १०औँ पद हस्तान्तरण सम्पन्न, नयाँ नेतृत्वलाई जिम्मेवारी

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ। क्लबका...