Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

पर्सा–१ बाट १० हजारभन्दा बढी मतान्तरले जित्छु : एमाले उम्मेदवार प्रदीप यादव

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले यसपालिको निर्वाचनमा आफू १० हजारभन्दा बढी मतान्तरले विजयी हुने दाबी गरेका छन्।

शनिबार जनकपुरमा नेकपा एमालेद्वारा आयोजित मधेस प्रदेशभरका उम्मेदवारहरूको परिचयात्मक तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उम्मेदवार यादवले अघिल्ला निर्वाचन परिणामलाई स्मरण गर्दै यसपटक फराकिलो मतान्तरसहित जित सुनिश्चित हुने दाबी गरेका हुन्। पूर्वमन्त्रीसमेत रहेका यादवले भने, “२०७४ सालको निर्वाचनमा करिब ५ हजार मतान्तरले जितें, २०७९ मा करिब १ हजार ७ सय मतान्तरले विजयी भएँ। अब यसपालि १० हजारभन्दा बढी मतान्तरले जित्छु।”

यादवले पर्सा–१ मा नेकपा एमालेको संगठनात्मक अवस्था दिनप्रतिदिन मजबुत बन्दै गएको जिकिर गरे। “पर्सा–१ मा एमालेको अवस्था एकदमै राम्रो छ,” उनले भने, “महानगरका मेयर, जिल्ला समन्वय समितिका प्रमुख, महानगरका ७ वटा वडाका वडाध्यक्षलगायत थुप्रै जनप्रतिनिधि र नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। यसले पार्टीलाई थप बलियो बनाएको छ।”

उनले पार्टीका सबै पंक्ति एकजुट भएर लागेकाले कार्यकर्ता तथा समर्थकहरूमा नयाँ ऊर्जा र उत्साह थपिएको बताए। पर्सा–१ मा अब एमालेको जितमा कुनै शंका नरहेको उनको दाबी थियो।

कार्यक्रममा पर्सा–२ की उम्मेदवार रिमा यादव, पर्सा–३ का उम्मेदवार रुपेश पाण्डे तथा पर्सा–४ का उम्मेदवार जालिम मियाँ मन्सुरीको समेत सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...