Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पर्सा–२ की उम्मेदवार रिमा यादवद्वारा घरदैलो अभियानको शुभारम्भ

spot_img
spot_img

वीरगंज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले सरस्वती पूजाको अवसर पारेर घरदैलो कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी छन्। उनी पर्सागढी नगरपालिकाबाट अभियान सुरु गर्दै टोल–टोलमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरिन्।

घरदैलो अभियानका क्रममा यादवले स्थानीयवासीका समस्या, गुनासा र अपेक्षाहरू सुनेर शिक्षा, रोजगारी, महिला सशक्तीकरण, आधारभूत सेवा र विकास निर्माणसँग सम्बन्धित धारणा संकलन गरिन्। उनले विद्यालयका विद्यार्थी, अभिभावक र सर्वसाधारणसँग भलाकुसारी गर्दै महिला, युवा र बालबालिकाको भविष्य सुरक्षित गर्न राजनीति परिवर्तनमुखी हुनुपर्नेमा जोड दिइन्।

उम्मेदवार यादवले भनिन्, “परिवर्तनको नेतृत्व महिलाले गर्छन्। अब महिलाको हक–अधिकारका लागि केवल आवाज उठाउने समय सकिएको छ, निर्णायक हस्तक्षेप र नेतृत्वको समय आएको छ।” उनले समृद्ध पर्सा, सबल समाज र जनताको हक–अधिकार सुनिश्चित गर्ने संकल्पका साथ जनतामाझ आएको बताइन्।

स्थानीयवासीहरूले युवा तथा महिला उम्मेदवारलाई अघि सारेकोमा खुलेर प्रशंसा गर्दै यसपटक परिवर्तनका लागि एमालेको पक्षमा मत दिने प्रतिबद्धता व्यक्त गरेका थिए। घरदैलो अभियान आगामी दिनहरूमा पर्सा–२ का अन्य वडाहरूमा पनि विस्तार गरिनेछ। कार्यक्रममा एमाले नेता गोकर्ण पाठक, नेतृ सिता लामा, प्रद्युमन यादव लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...