Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकाेत्सवकाे अवसरमा ४३ जनाद्वारा रक्दान

spot_img
spot_img

वीरगंज । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवको अवसरमा मंगलबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बैंकको प्रादेशिक कार्यालय परिसर, वीरगंजमा आयोजित कार्यक्रममा ७ जना महिला सहित कुल ४३ जनाले रक्तदान गरेका छन्।

कार्यक्रम संयोजक आलोक रञ्जन कर्णका अनुसार रक्तदान कार्यक्रमको शुभारम्भ राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका प्रादेशिक अध्यक्ष राहुल कुमार ओझाले रक्तदान गरेर गर्नुभएको थियो । कार्यक्रममा रबि प्रसाद कानु, आयुष कोइराला, अशोक यादव, दिपा दास, मिना श्रेष्ठ लगायतले रक्तदान गरेका थिए।

बैंकका प्रादेशिक प्रबन्धक कमलेश ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका अध्यक्ष राहुल कुमार ओझा, नेपाल वित्तीय संस्था कर्मचारी संघका मोद नारायण चौधरी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका आलोक रञ्जन कर्ण लगायतको उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र, वीरगंजको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...