Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सामा कांग्रेसको उम्मेदवार टुंगो अझै भएन, ३ र ४ मा पुरानै अनुहार दोहोरिने संकेत

spot_img
spot_img

वीरगंज । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता अघिल्लो दिन साँझसम्म पनि नेपाली कांग्रेसले पर्साका उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेको छैन।

पार्टी स्रोतका अनुसार पर्सा क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसबाट पुनः पुरानै अनुहार दोहोरिने करिब–करिब निश्चित जस्तै देखिएको छ। क्षेत्र नम्बर ३ बाट सुरेन्द्र प्रसाद चौधरी र क्षेत्र नम्बर ४ बाट रमेश रिजालको नाम लगभग टुंगो लागिसकेको भए पनि औपचारिक निर्णय भने अझै सार्वजनिक भएको छैन।

यसैबीच, पर्सा क्षेत्र ३ का उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी र क्षेत्र ४ का उम्मेदवार रमेश रिजालका समर्थकहरूले मंगलबार मनोनयन दर्ताका लागि स्थान नै तोकेर भेला हुन आह्वान गरिसकेका छन्। तर पर्साका चारवटै क्षेत्रमध्ये कुनैपनि क्षेत्रमा पार्टीको आधिकारिक निर्णय नभएको कांग्रेसका केन्द्रीय सदस्य रामरुप कुर्मीले जानकारी दिए।

उनका अनुसार गगन, देउवा र शेखर पक्षका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ। “तीनै पक्षबीच छलफल चलिरहेकै छ, तर पर्साको हकमा साेमबार बेलुकीसम्म पनि कुनै क्षेत्रको उम्मेदवारबारे अन्तिम निर्णय भइसकेको छैन,” कुर्मीले बताए।

कांग्रेसभित्र पर्सा क्षेत्र नम्बर १ मा अनिल रुंगटा र अजय द्विवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने सम्भावना रहेको छ भने क्षेत्र नम्बर २ मा अजय चौरसिया र राजेन्द्र बहादुर अमात्यमध्ये एक जनाले टिकट पाउने प्रबल सम्भावना रहेको स्रोतको दाबी छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...